घट्न थाल्यो सप्तकोशीमा पानीको बहाव

IMG-20240705-WA0067

बिराटनगर: सप्तकोशीमा पानीको बहाब बिस्तारै घटेको छ। सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ।सप्तकोशी ब्यारेजमा रविबार सर्बाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो। सप्तकोशीका यस अघि सबै ५६ ढोका खोलिएकोमा पानीको बहाब घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ। सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ।

About Author

Advertisement