ग्रेचुटी फण्डको रकम नपाएको विषयमा छोटा फागु चियाकमानका मेनेजरसित तृणमुल कंग्रेसका पदाधिकारीले गरे भेट

Screenshot_20230802_192551_WhatsApp.jpg

गोरुबथान: हिल तृणमूल कांग्रेस गोरुनथान खण्ड महासचिव सजिव अधिकारीको अगुवाइमा ट्रेड युनियन सभापति कल्पना तामाङ र सचिवा अनिता एक्का तथा अवकास प्राप्त श्रमिकहरुले आज छोटा फागु चियाकमानका म्यानेजरसित भेट गरी विगत धेरै सालदेखि थातीमा रहेको ग्रेच्युटी फण्डको बारेमा जान्न चाहे। विगतका दिनमा चियाकमानबाट रिटायरमेन्ट हुने श्रमिकहरुले केवल २० देखि ३० प्रतिशतमात्रै ग्रेच्युटीको पैसा पाएको तर २०२१ देखि यता भने ग्रेच्युटी पैसा नै नपाएको गुनासो प्राप्त गरेपछि तृणमूल कांग्रेस गोरुबथान शाखाका सचिव सजिव अधिकारीले मेनेजरसित यसबारेमा गहन रुपमा कुराकानी गरे। मेनेजरले चाडै मालिकवर्गसित यस विषयमा बात गरेर यही शनिबार भित्रमा यस बारे जानकारी दिने बताए। यो कुराकानी पछि प्रेसलाई सम्बोधन गर्दै सजिव अधिकारीले आजको विषयलाई स्पष्ट पारेका छन्।

About Author

Advertisement