गोली हानाहानको मुख्य अभियुक्तलाई प्रहरीले एक साताभित्र पक्राउ

d364d41a-db7c-4ada-b0b0-5e4139f330cf

कोलकता- उत्तर दिनाजपुरको श्रीकृष्णपुर गोली हानाहान भएको लगभग एक साता नबित्दै प्रहरीले मुख्य अभियुक्त रिपन दासलाई पक्राउ गरी अदालतमा पेश गरेको छ । इस्लामपुर प्रहरीले रिपन दासलाई मंगलबार बिहान कडा सुरक्षाबीच इस्लामपुर अदालतमा पठाएको छ । उल्लेखनीय छ, यसै महिनाको दिसम्बर ७ मा अर्का चिया व्यापारी रिपन दासले श्रीकृष्णपुरका चिया व्यापारी भावेश देवनाथलाई दिउँसो गोली हानेको आरोप लागेको थियो । श्रीकृष्णपुर गोली हानाहानको घटनामा इस्लामपुर थाना प्रहरीमाथि शंकाका आधारमा केही व्यक्तिलाई दुई दिनसम्म थानामा राखेको आरोप लागेको थियो ।तर, पछि तिनी रिहा भए । यससँगै श्रीकृष्णपुर गोलीकाण्डका मुख्य अभियुक्त रिपन दासको पनि इस्लामपुर प्रहरी चौकीले खोजी गरिरहेको थियो । रिपन दासलाई मंगलबार बिहान पक्राउ गरिएको हो । रिपन दासको गिरफ्तारीको रहस्य खुल्नु स्वाभाविकै हो । प्रहरीले रिपन दासलाई हिरासतमा लिएर सोधपुछ गर्न चाहेको इस्लामपुर प्रहरी थानाले जनाएको छ।

About Author

Advertisement