दार्जीलिङ: गोर्खा स्वाभिमान संघर्षले दार्जीलिङको क्यापिटल हलको प्रांगनमा जनसभाको आयोजना गरेको छ। आयोजित जनसभामा हाम्रो पार्टीको पक्षबाट केन्द्रीय अध्यक्ष अजय एडवार्डस, सिटीजन फोरमको पक्षबाट डाक्टर महेन्द्र पी. लामा, माकपा नेता एंव पूर्व सांसद समन पाठक, तारा सुन्दास, सभासद विनय तामाङ, पूर्व सभासद प्रकाश गुरूङ, पूर्व सभासद संजय थुलुङ, अन्जली शर्मा भूजेल, विमल गुरूङ आदि जस्ता नेतृत्वहरूको उपस्थिति रहेको छ।










