गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठनिक सभा

IMG-20240204-WA0176.jpg

अध्यक्ष मन घिसिङ गोर्खाहरुको मुद्दाको निम्ति गम्भीर छन्: गोरायुमो

दार्जीलिङ: गोर्खा राष्ट्रिय युवा मोर्चाले आफ्नो सांगठनिक सभालाई तीब्रता दिन्दै आज गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा सभा बसेको छ। गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवालको अध्यक्षतामा बसेको सभालाई सचिव सञ्जय खवासले सञ्चालन गरेका थिए। सभामा गोरायुमो केन्द्रीय समिति सदस्यगण, गोरायुमो दार्जीलिङ ब्राञ्च,कालेबुङ ब्राञ्च, खरसाङ ब्राञ्च, मिरिक ब्राञ्चका प्रतिनिधि लगायत गोरायुमो सदस्यगणको उपस्थिति रहेको थियो। सभामा संगठनलाई बलियो बनाउन हेतु व्यापक छलफल गर्दै अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति गोरायुमोले अब व्यापक रुपमा कार्य गर्ने गोरायुमो केन्द्रीय समिति को-अर्डिनेटर संजोक गुरुङले सभालाई जनाए। दिल्लीमा जसरी अध्यक्ष मन घिसिङले आफ्नो भूमिका निभाइरहेका छन् अब गोरायुमोका सदस्यहरुले काँधमा काँध मिलाएर अघि बड्नु पर्ने सुझाव समेत संजोक गुरुङले सभालाई दिए। आफ्नो सम्बोधन राख्दै गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्रीले भने, गोरामुमो अध्यक्ष मन घिसिङ गोर्खाहरुको मुद्दाको निम्ति गम्भीर छन्। दिल्लीमा उनले आफ्नो भूमिका निभाइरहेका छन्। यसैकारण हामी युवाहरु दह्रिलो खुट्टा टेक्नुपर्छ। गोरामुमोले जाति हितको निम्ति संघर्ष जारी राखेका छन्। धेरै चुनौतीहरुको सामना गर्दै संस्थापक अध्यक्ष सुवास घिसिङको सिद्धान्तमा रहेर अघि बडिरहेका छौं। शुभ संकेत छ। यसकारण संघर्ष जारी राख्नुपर्छ।गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङले आफ्नो सम्बोधनको क्रममा भने, ‘चुनाव आउँछ जान्छ तर जातिले न्याय पाएको छैन भने के लाभ छ र यसैकारण गोर्खा जाति एक भएर मुद्दा फत्ते गर्नुपर्छ। अध्यक्ष मन घिसिङले इमानदारीपूर्वक जातिको निम्ति कार्य गरिरहेका छन्। यसकारण झण्डा नहेरेर अध्यक्ष मन घिसिङलाई साथ दिनु पर्छ भनी अपिल समेत गरेका छन्।

About Author

Advertisement