गोरुमारा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या ६० पुग्यो

IMG-20240923-WA0177

वन विभागले खानाको लागि तयार गर्यो घाँसे मैदान

जलपाईगढी: एक सिङ्गे गैंडाको नाम लिएर सबैको ध्यान असमतिर खिचिएको छ। असममा एक सिङ्गे गैंडा पाइन्छ। तर उत्तर बंगालको घना जंगल र नदीको छेउमा रहेको गोरुमारा राष्ट्रिय निकुञ्जमा एसियाली गैँडा पाइन्छ। पछिल्ला केही वर्षयता एसियाली गैँडाको संख्यामा उल्लेख्य वृद्धि भएको छ। गोरुमारा राष्ट्रिय निकुञ्जमा आयोजित कार्यक्रममा राष्ट्रिय निकुञ्जका डीएफओ द्विजप्रतिम सेनले गैँडाको संख्या बढेको बताए। गोरुमारा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या ५० बाट बढेर ६० पुगेपछि उनीहरुको खानाको व्यवस्था गर्न वन विभाग चिन्तित बनेको छ। यसैले एसियाली गैँडा परिवारको संख्या बढेसँगै पछिल्ला केही वर्षयता २ किलोमिटर घाँसे मैदान बनाइएको हो। पश्चिम बंगाल सरकारले गैँडाको संख्यालाई ध्यानमा राखेर यो मैदान तयार पारेको र भविष्यमा यसलाई थप विस्तार गरिने दाबी गरेको छ।

About Author

Advertisement