गोरुबथान खण्डका दुइवटा विद्यालयले मान्यता प्राप्त गरेको हर्षमा युवा शक्तिद्वारा आभार व्यक्त

IMG_20221223_180141.jpg

गोरुबथान (महेश्वर प्रधान): जिटिए अधिनस्थ रहेका १४ वटा विद्यालयहरुले मान्यता प्राप्त गरेको छ।गोरुबथान खण्डको बि एम हाई स्कुल र फाफरखेती हाई स्कुलले मान्यता प्राप्त गर्न सकेको छ। जिटिए चीफ अनित थापाको पहलमा यो सफलता हासिल गरिसकेको हुनाले ४३ नम्बर समष्टि युवा शक्तिले जिटिए चिफ अनित थापा,सन्चबीर सुब्बा, रतन थापा लगायत अन्यहरुलाई पत्रकार भेलामा धन्यबाद टक्राएका छन्। ४३ नम्बर समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रवक्ता ज्ञानेन्द्र ठकुरी, दिपक कार्की,शिशिर प्रधान, अरुण राई र दिवाकर राई उपस्थित थिए।

About Author

Advertisement