‎‎गोरामुमो तराई समष्टिको सभा सम्पन्न

IMG-20260509-WA0055


मिरिक: ‎गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च अन्तर्गत तराई समष्टि कमिटीको सभा तराई समष्टि कमिटीका अध्यक्ष कर्ण प्रधानको सभाध्यक्षतामा उत्तर च्याँगा साईनगरस्थित सामुदायिक भवनमा सम्पन्न भयो। ‎सभामा तराई समष्टिका प्रायः सबै शाखाहरूबाट प्रतिनिधि एवं पदाधिकारीहरु उपस्थित थिए भने सभामा केन्द्रिय कमिटी सदस्य भुवानी प्रसाद दुलाल, जीएनडब्लुओ केन्द्रिय कमिटी सदस्या रोमा शर्मा, मिरिक ब्रान्च सचिव, तराई समष्टिका अध्यक्ष कर्ण प्रधान, सचिव दिपेन लोहार, निरपानी शाखा अध्यक्ष काजी शर्मा, मलबाँसेबाट रजिन तामाङ, राकेश सुब्बा, एमएम तराई अर्डबाट पप्पु मगर, पुटुङ एचपीडब्लुयुबाट प्रविन जीम्बा आदिको प्रमुख रुपमा उपस्थिति रह्यो। ‎सभामा विभिन्न शाखाका पदाधिकारीहरुले अब द्रुतगतिमा संगठन विस्तारको निम्ति काम गर्नुपर्ने निर्णय व्यक्त गरे भनेब‎उपस्थित केन्द्रिय सदस्य भुवानी प्रसाद दुलालले पनि सबैसित मित्र भावमा अघि बढेर घरदैलो कार्यक्रम आयोजन गर्नुपर्ने आवश्यकता व्यक्त गरे। उनले यस क्रममा शाखा स्तरबाट यथाशीघ्र कार्यक्रम आरम्भ हुने कुरा राखे। सभामा समष्टिका सबै शाखाहरुलाई सक्रियतापूर्वक विस्तार गर्न सर्वसम्मतिले निर्णय गरेको छ। अन्त्त्यमा समष्टि सचिव दिपेन लोहारले परिचालन गरेको यस सभालाई सभाध्यक्षको सम्बोधनपछि समाप्त गरियो भनी समष्टि अध्यक्ष कर्ण प्रधानले एउटा विज्ञप्ति जारी गरेका छन्।

About Author

Advertisement