गोरामुमो टुङ सन्तमेरिज समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20260209-WA0072

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई अघि बढाउँदै विभिन्न समष्टिहरुमा आफ्नो सांगठनिक विस्तारलाई तिब्रता दिएका छन्। यसै क्रममा गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत टुङ सन्तमेरिज समष्टिले आफ्नो सांगठनिक विस्तारलाई अघि बढाउँदै टुङ आईटीआईमा सांगठनिक सभा सम्पन्न भएको छ। समष्टि अध्यक्ष मदन छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभालाई सचिव सन्तोष सुब्बाले सञ्चालन गरेका थिए। सभामा केन्द्रीय समिति सदस्या अमृता छेत्री अनि गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समिति संयोजक आनन्द राईको प्रमुख उपस्थितिमा समष्टिका प्रतिनिधिवर्गको पनि उपस्थित रहेका थिए। सभामा केन्द्रीय समिति सदस्य, शाखा पदाधिकारी तथा संगठन विस्तार, सदस्यता व्यवस्थापन, कार्यकर्ताको भूमिका तथा अनुशासनसम्बन्धी विषयमा केन्द्रित रही विस्तृत छलफल गरिएको जनाइएको छ।
छलफलका क्रममा संगठनलाई थप मजबुत बनाउन नयाँ सदस्यता प्रक्रियालाई व्यवस्थित गर्ने, संगठनभित्र जिम्मेवारी स्पष्ट गर्ने तथा अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने विषयमा सहमति जनाइएको थियो। यसको साथै संगठनात्मक संरचनालाई चुस्त–दुरुस्त बनाउन सबै तहका कार्यकर्ताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। सभामा उपस्थित केन्द्रीय प्रतिनिधिहरूले संगठनको नीति, कार्यदिशा र आगामी योजनाबारे जानकारी गराउँदै संगठनको मूल उद्देश्य अनुसार जनमुखी कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनीहरूले एकता, अनुशासन र समर्पण नै संगठनको प्रमुख शक्ति भएको उल्लेख गरे। यसै क्रममा समष्टिलाई बलियो बनाउन हेतु समष्टिको मूल सचिव पदमा तिलक राईलाई सर्वसम्मतिले चयन गरिएका छन् भने समष्टिको नेतृत्ववर्गमा फेरबदल गर्दै नयाँ कार्यकारिणी सदस्यहरुलाई चयन गरिएका छन्। सभामा गोरामुमो वरिष्ठ नेता एवं केन्द्रीय समिति सदस्य किशोर राईको निधनमा समष्टिद्वारा एक मिनटको मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको छ। सभाको अन्त्यमा समष्टि अध्यक्ष मदन छेत्रीले उपस्थित सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै बैठकले संगठनलाई थप सुदृढ बनाउने दिशामा सकारात्मक निष्कर्ष निकालेको बताए।

About Author

Advertisement