गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा ९० औं सुवास घिसिङ जन्मजयन्ती पालन

IMG-20260622-WA0091

गोरामुमोमा मुद्दा छ तर अन्य दलको केही मुद्दा छैन अनि पहाडमा सबैभन्दा अनुशासनमा रहने दल गोरामुमो हो: निरज जिम्बा

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा सोमवार गोरामुमोको संस्थापक अध्यक्ष सुवास घिसिङको ९०औं जन्म जयन्ती पालन गरिएको छ। खरसाङको सुपर मार्केट कम्युनिटी हलमा सम्पन्न भएको जन्मजयन्ती समारोह खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई भूपेन गुरुङले सञ्चालन गरेका थिए। पूर्व विधायक निरज जिम्बाको प्रमुख अतिथि रहेको कार्यक्रममा वरिष्ठ गोरामुमो नेता महेन्द्र छेत्री, केन्द्रीय समिति सदस्यगण, भातृ संगठनका प्रतिनिधिवर्ग एवं गोरामुमो कार्यकर्ताहरु उपस्थित रहेका थिए। सुवास घिसिङको तस्वीरमा दीप प्रज्वलन गरी केक काटेर विभिन्न सांस्कृतिक कार्यक्रमहरुबीच सचिव युद्ध छेत्रीको स्वागत सम्भाषणपछि गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राई अनि प्रमुख वक्ताको रुपमा पूर्व विधायक निरज जिम्बाले आफ्नो सम्बोधन राखेका थिए।
प्रमुख वक्ताको रुपमा आफ्नो सम्बोधन राख्दै पूर्व विधायक निरज जिम्बाले भने,‌’सुवास घिसिङले कसैलाई पनि गाली गरेको थिएन विपक्षले जति नै गाली गरे पनि। तपाईं हाम्रो संघर्ष सकिएको जस्तो लाग्छ। तपाईं हाम्रो संघर्ष २००९ भन्दा अघिदेखि हो आज थाहा पाउँदैछ जीटीए के हो भनेर। भर्खरै बंगाल विधानसभामा राज्यपालले दिएको ऐतिहासिक वक्तव्यले गोर्खाहरुको निम्ति ठूलो कुरा हो यसकारण जे पनि हुन्छ हाम्रै हुन्छ राम्रै हुन्छ।’
उनले अघि भने, गोरामुमोमा मुद्दा छ तर अन्य दलको केही मुद्दा छैन। पहाडमा सबैभन्दा अनुशासनमा रहने दल गोरामुमो हो अनि पहाडको अनुशासित नेता भनेको केवल मन घिसिङ हो। सुवास घिसिङको खेलाइची सोच होइन सुवास घिसिङमाथि अहिले खोज हुँदैछ। उहाँमाथि अध्ययन हुँदैछ। विश्वका २० वक्ताहरुमा सुवास घिसिङ पर्छ। दिल्लीमा खिर पाक्दै छ भनेर बारम्बार भन्दै आएको थिए तर कस्तो खिर पाक्दैछ भनेको थिइन। तर दिल्ली र कलकत्तामा सुवास घिसिङले तयार पारेको खिर पाक्दैछ आज भनिदिएको छु।
अब चाडैं हुनेछ। अब हामी कम्बर कस्नुपर्छ। अब पनि चुक्यौ भने फेरि केही हुने छैन। कतिले फेरि जीटीएमा र्‍याल चुहाउँदैछ। तर जीटीए सकियो अब।’
उनले अझ भने, तीनवटा नाराले दार्जिलिङ पहाड बिगारेको हो- ‘छैटौं अनुसूची चाहिन्दैन, सुवास घिसिङ गो ब्याक, हरियो झण्डा मुर्दाबाद।’ अब नारा परिवर्तन गरेको असल हो। अब गोर्खाको भाग्य बिगार्ने नारा लगाउनु हुँदैन। यो देशमा गोर्खाको निम्ति तीन तीनवटा अकर्ड गर्ने दल हो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा। दिल्लीमा सबै हिसाब किताब छ। हरियो झण्डसको नेतृत्वलाई दिल्लीले हेर्दैछ। यसकारण अब हरियो झण्डाले नै गोर्खा जातिलाई न्याय दिलाउने छ।’

About Author

Advertisement