गोरामुमो कालेबुङ २३ नम्बर समष्टिको सांङ्ठनिक सभा

IMG_20230109_124552.jpg

कालेबुङ: गोरामुमो कालेबुङले आफ्नो सांङ्ठनिक गतिविधिलाई तीब्र पार्ने क्रमलाई जारी राखेका छन्।
समष्टि कमिटी पुनः गठन देखि लिएर नयाँ प्रतिनिधि बर्गहरुको चयन प्रक्रियालाई तिब्रता दिइने कार्यलाई जारी राखेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। यसैक्रममा हिज कालेबुङ पार्टी कार्यलयमा २३ नम्बर समष्टिका प्रतिनिधि बर्गको सांङ्ठनिक सभा बस्यो। गोरामुमो कालेबुङ कार्यकारिणी समितिका सचिव लोपसाङ तामाङ अनि कार्यकारिणी समिति सदस्यहरुको उपस्तिथिमा २३ नम्बर समष्टिका सम्पुर्ण प्रतिनिधि बर्गको पनि उपस्तिथि रहेका थिए। २३ नम्बर समष्टिलाई बलियो बनाउनको निम्ति समष्टि कमिटीमा नयाँ प्रतिनिधि बर्गको चयन गरिनु पर्ने र सबैलाई समेटेर लैजानु पर्ने सभाले प्रस्ताव पारित गरे पछि रुपेन्द्र सुब्बालाई २३ नम्बर समष्टिको निम्ति कोअर्डिनेटर सर्वसम्मतिले पारित गरेको दिनेस साम्पाङले थप जानकारी दिएका छन्। यसैक्रममा सभालाई आफ्नो सम्बोधन राख्ने क्रममा लोपसाङ तामाङले भने, सुवास घिसिङको चहाना गोर्खा जातिको एउटा किपट होस् भन्ने थियो, वहाँले सबै कुरा गरिदिएको हो सरकारले पनि न्याय दिएकै तर हामीलाई आफ्नैहरुले धोका दियो। आफ्नैहरुले भाग्य बिगार्ने कार्य गर्‍यो, आमाले पस्किएर दिएको भातलाई लात्तीले हिर्काउने कार्य भयो। अब फेरि पनि गोर्खा जाति को भाग्य निर्माण गर्ने जिम्मेवारी तपाईं हाम्रो काधमा आएको छ, सुवास घिसिङको सपना गोर्खा जातिको सपना हो यसकारण तपाईं हामी एकताबद्ध हुन पर्छ। संगठन बलियो हुन पर्छ तब मात्र हामी लक्ष्यमा पुग्नेछौ भनी लोपसाङ तामाङले आफ्नो सम्बोधनको क्रममा भने।

About Author

Advertisement