गोरामुमो कालेबुङ शाखाद्वारा छैटौ अनुसूची सम्झौता दिवस पालन।

IMG-20231207-WA0029.jpg

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ शाखाको विशेष पहलमा छैटौँ अनुसूची सम्झौता दिवस भव्य रुपमा पालन गरिएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रमको दिवसीय सभापति शंखमणि राई थिए भने प्रमुख अतिथि भक्त जैरु र दावा शेर्पा मुख्य अतिथी थिए। पन्बुको कम्युनिटी हलमा समपन्न भएको थियो।छैटौ अनुसूची पहाडमा लागु गराउनका निम्ति गोरमुमो प्रमुख सुवास घिसिङले के कस्ता प्रयास गरेका थिए, छैटौ अनुसू ची लागु हुन सकेको भए गोर्खाको भाग्य चम्किने थियो, छैटौ अनुसूचीको फाइदाहरु के कस्ता थिए भन्ने विषयमा वक्ताहरुले विस्तारमा बताए।छैटौ अनुसूची भएको भए हाम्रो जमिनहरु सबै सुरक्षित हुने थियो।बाहिरी अतिक्रमण हुने थिएन भनेर पनि वक्ताहरुले बताएका थिए।

About Author

Advertisement