मिरिक: गोरामुमो अध्यक्ष मन घिसिङले आज मिरिक मञ्जु पार्कको स्थलगत भ्रमण गरेका छन्। आगमी दिनाङ्क २९ डिसेम्बर २०२३ आइतबारको दिन मञ्जु पार्कमा सुवास घिसिङ श्रद्धाञ्जली सभा साथै सुवास घिसिङ अनि उनको धर्मपत्नी धन कुमारी घिसिङको समाधी निर्माण हेतु भूमि पुजन गरिने भएकोले गर्दा आज स्थलगत भ्रमण गरेको केन्द्रीय समिति प्रवक्ता वाई लामाले जानकारी दिएका छन्। उनले थप जानकारी दिदै भने, आज मञ्जु पार्कमा चारवटा ब्राञ्च कमिटीका प्रतिनिधि बर्ग संग पनि बैठक बसेको उनले जानकारी दिदै भने, २९ जनवरीको कार्यक्रमलाई सफल बनाउनको निम्ति बैठक बसेको साथै समाधी निर्माण हेतु स्थान पनि अध्यक्ष मन घिसिङले निरीक्षण गरेका छन्। २९ जनवरी गोरामुमो प्रतिनिधि बर्ग, कार्यकर्ता लगायत १९८६ सालको आन्दोलनमा आफ्नो अहम भुमिका निभाउनेहरुको निम्ति सुवास घिसिङलाई श्रद्धाञ्जली अर्पण गर्ने सुवर्ण अवसर हो यसैकारण उक्त दिन केवल गोरामुमो नेतृत्व बर्ग अनि कार्यकर्ताहरुलाई उपस्थित भइदिन वाई लामाले आग्रह गरेका छन्।

वाई लामाले थप जानकारी गराउदै भने, २९ जनवरीको मञ्जु पार्कमा भुमि पुजन अनि श्रद्धाञ्जली सभामा केवल गोरामुमो सदस्यहरुलाई मात्र निमन्त्रणा भएको हुनाले गर्दा ,अन्यथा नलिदिइने भनी बिन्ती गर्दै समाधी अनावरण कार्यक्रमको दिन सबैलाई निमन्त्रणा दिने वाई लामाले जनाएका छन्। आजको मञ्जु पार्क स्थलगत भ्रमणमा चारवटा ब्राञ्च कमिटीका अध्यक्ष अनि सचिव, केन्द्रीय समिति सदस्य, लगायत सम्पुर्ण भ्रातृ संगठनका प्रतिनिधि बर्ग एवं कार्यकर्ताहरुको उपस्थित रहेको थियो।










