गोराबारीमा घरमा रुख लड्दा भाग्यले बाँचे मानिसहरू

IMG-20240616-WA0262.jpg

सोनादा: रातभरी परेको अविरल वर्षाले गोराबारीको एउटा घरमा रुख ढल्दा भाग्यले बाँचे घरका मानिसहरु। शुक्रबहादुर विश्वकर्मा धेरै महिनादेखि बिरामी अवस्थामा रहेका थिए। उनी आफ्नी पत्नी अनि दुई छोरीहरुसित बस्छन्। उनी ओछ्यान परेर आफ्नो परिवारसित बस्छन्। राती परेको अविरल वर्षाको कारण घरमाथिको रुख सिधैं शुक्रबहादुरको घरको छप्परमा लढ्यो। भाग्यवश उनीहरु सुतेको ठाउँमा नलडेर अर्कोतिर रुख लडेर शुक्रबहादुरको धेरै क्षति भएको छ। यसमा कुनै ज्यानको क्षति भएको छैन तरै पनि घरको क्षति भएको छ। आज सखरै गाउलेहरुले उक्त खबर सुन्न साथ शुक्रबहादुरलाई सघाउ पुर्याउन घरको छानाहरु सफा गर्ने काम गाउँका मानिसहरु उपस्थित भएका छन्।

About Author

Advertisement