मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको सभा मिरिक महकुमा कार्यालयमा आज सम्पन्न भयो। बिनोद खालिङको अध्यक्षतामा अनि महकुमा सचिव पूर्ण सिंह राईको सञ्चालनमा सम्पन्न सभामा नारीहरूको दिल्ली मिरिक महकुमा अधीनस्थ चारवटा समष्टिबाट पनि सहभागिता जनाउने विषयमा नारीमोर्चा नेत्री बुद्धमाया राईलाई प्रदान गरियो। यस सभामा पञ्चायत चुनाउको विषयमा चर्चा परिचर्चा गरियो। चुनाउमा गठबन्धन भएर संयुक्त मञ्चमा बराबरी भागीदारीमा चुनाउ लड्न सहमति जनाइयो। हाल मिरिकको सौरेनी २५ नम्बर समष्टिको दुर्गम ठाउँ बामराङ बेसिटारमा वाहनको बाटो बनाउन नसक्नु सम्बन्धित निकाय र वर्तमान सत्ताधारी दलको कमजोरी रहेको सभामा चर्चा गरियो। पार्टी अध्यक्ष बिमल गुरुङको सहयोगमा अभिषेक श्रेष्ठको सुपरभिजनमा उक्त ठाउँमा डोजर लगाएर कच्चा बाटो बनाएर एउटा असल नेताको नैतिक जिम्मेवारी पालन गरेको महकुमा समितिको तर्फबाट गुरूङलाई धन्यवाद जनाइयो। हाल पार्टी अध्यक्ष दिल्लीमा रहेको अनि त्यहाँबाट फर्किए आएपछि मिरिकका कार्यकर्ताहरूसित भेटघाट गर्नेछन्। भर्खरै केन्द्रीय समितिमा चयन गरिएको रमेश श्रेष्ठलाई पनि आजको सभाले बधाई तथा स्वागत जनाए।










