गोजमुमो भुप्रोभित्रको आगो हो: बिमल गुरुङ

IMG-20240604-WA0243.jpg

दार्जिलिङ: दार्जिलिङ संसदीय सिटमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टले जीत हाँसिल गरेपछि भाजपाको घटक दल गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङले जनताले बुझिदिएको बताएका छन्। उनले दार्जीलिङमा पत्रकारहरूसित कुराकानी गर्दै यो चुनाव हारे भने म राजनीति गर्दिन भनेर भनेको थिए तर जनताले बुझिदियो र अब जनता र पहाड़को लागि अझ काम गर्ने उत्साह जागेको छ भनी बताएका छन्। उनले भने, मैले जाति र माटोको लागि निरन्तर रूपमा कार्य गर्दै आईरहेको थिए र भविष्यमा पनि गर्नेछु। गोजमुमो भुप्रोभित्रको आगो हो। मैले अब जनताको लागि र जातिको लागि काम गर्नुपर्छ। गोर्खा जातिको ११ जातको जनजातिको मुद्दालाई एक डेढ वर्षमा फत्ते गर्नलाई राजु विष्टलाई समय दिनेछौं। तेति समयभित्र पनि काम गरेन भने सोच्नु पर्ने हुन्छ कारण राजनीतिमा जे पनि हुन सक्छ। अब भाजपाको सबै घटक दलहरू मिलेर भाजपालाई जातिको पक्षमा काम गर्नलाई दवाब दिनेछौं।’

About Author

Advertisement