गोजमुमो अध्यक्ष विमल गुरूङले दिए लङ्भ्यूवासीलाई राहत सामग्रीहरू

IMG-20241014-WA0222

पंखाबारी: गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले वर्तमान लङ्भ्यू चियाबारीका श्रमिकहरूको अवस्थालाई ध्यानमा राखेर राहत सामग्रीहरू दिएका छन्। उक्त राहत सामग्रीहरूलाई स्थानीय पार्टी प्रतिनिधि हमिङ तामाङको अगुवाइमा सोमवार वितरण गरियो। राहत सामग्रीमा विशेषगरी खाद्य सामग्रीहरू रहेको थियो। राहत सामग्री विशेषगरी यहाँका अतिनै विपन्न परिवारलाई वितरण गरियो। प्रथम दिन सोमवार लङ्भ्यू चियाबारीस्थित रमिते अनि मुन्सी गाउँका मानिसहरूलाई वितरण गरियो। चाडपर्वको समयमा यसरी आफ्नो परिवार सम्झिएर आफ्नो पक्षबाट खाद्य सामग्रीहरू ल्याइदिएर सहयोग प्रदान गरेकोमा स्थानीयवासीहरू अनि पार्टी प्रतिनिधि हमिङ तामाङले पार्टी अध्यक्ष विमल गुरुङप्रति विशेष आभार व्यक्त गरेका छन्।

About Author

Advertisement