गोजमुमोको पहलमा दार्जिलिङमा सर्वदलीय बैठक सम्पन्न

1a527031-932a-40a0-8ef3-6439d39fcc0e

सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर एक मस्यौदा समिति अथवा ड्राफ्टिङ कमिटी गठन गरिने

दार्जिलिङ: आज दार्जिलिङमा गोजमुमोद्वारा सर्वदलीय बैठक आयोजना गरिएको थियो। बैठकमा पहाडका लगभग सबै राजनीतिक दलहरूले भाग लिएका थिए। छलफलको मुख्य एजेन्डा गोरखाल्याण्ड र अन्य मुद्दाहरू रहेका थिए। बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले गृहमन्त्रीले समस्याहरूमाथि छलफल गर्न र समाधान खोज्न सबै सरोकारवालाहरूसँग बैठक गर्न भनेका थिए। उनले ११ जातिहरूको आदिवासी दर्जा प्याकेजमा दिने मागलाई केन्द्रले समाधान गर्ने वाचा गरेको पनि बताए। यसबाहेक बैठकमा अन्य मुद्दाहरूमा पनि छलफल गरिएको थियो जहाँ विभिन्न दलका सबै सदस्यहरूले आ-आफ्नो विचार राखेका थिए। उक्त सर्वदलीय बैठक गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको आह्वानमा दार्जिलिङस्थित मारवाडी भवनमा सम्पन्न भएको छ। बैठकमा पहाडका विभिन्न राजनीतिक दलहरूसँगै जेन-जी तथा ११ जनजाति माग समितिका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको थियो।लगभग ६ घण्टासम्म चलेको बैठकमा सहभागीहरूले केन्द्र र राज्य दुवै स्थानमा भारतीय जनता पार्टीको सरकार रहेको उल्लेख गर्दै गोर्खाल्याण्डको मागलाई अब सशक्त रूपमा अघि बढाउने उपयुक्त समय आएको धारणा व्यक्त गरेका छन्। बैठकको मुख्य निर्णयअनुसार सबै राजनीतिक दलका प्रतिनिधिहरू तथा जेन-जी का सदस्यहरू सम्मिलित एक मस्यौदा समिति अथवा ड्राफ्टिङ कमिटी गठन गरिनेछ।
उक्त समितिले गोर्खाल्याण्ड सम्बन्धी प्रस्तावको मस्यौदा तयार गरी भारतका गृहमन्त्री समक्ष पेश गर्ने निर्णय गरिएको छ।बैठकमा गोजमुमो, भागोप्रमो, सीपीआरएम, आइजीजेएफ लगायत पहाडका अन्य साना राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement