गेल खोलाका बाढ़ पीडित परिवारलाई पञ्चायत समिति उपसभापति उत्तम राईद्वारा राहत सामग्रीहरू वितरण

101823863.png

गोल खोला: राष्ट्रीय राजमार्ग १० अन्तर्गत गेल खोलाको टिस्टा नदी छेउ इलाकामा बसोवासो गर्दै आइरहेका ९ परिवारको घर पनि नदीको बाढ पसेर पूर्ण रूपले क्षतिग्रस्त पारिदिएको छ भने हाल तिनीहरू घरविहिन बन्न पुगेका छन्। यसको साथै यस टिस्टा नदीको बाढले गर्दा राष्ट्रीय राजमार्ग १० को दुवै तर्फ सडक चुडिएको कारण गेल खोलामा गत तीन दिनदेखि कोही पनि नपुगेको दु:खेसो ब्यक्त गर्दै पिडित मानिसहरूले सोशल मिडियामा अपलोड गरेपछि आज कालेबुङ खण्ड १ पञ्चायत समितिका उप-सभापति उत्तम राई घटना स्थलमा पुगेर पीडित परिवारहरुसित भेट गरेर भलाकुसारी गरे। तिनले बाढ पिडित परिवारका सदस्यहरूलाई राहत सामग्रीहरू पनि वितरण गरे।उत्तम राईले आज गेल खोलाको पिडित ९ परिवारलाई ग्यास, भाडा बर्तन, लुगाफाटा, कम्बल, खाद्यान्न सामग्रीहरू वितरण गर्नको साथै १० भन्दा अधिक विद्यार्थीहरूको स्कुल ड्रेस बनाइदिने वाचा गरेका छन्। यसको साथै यहाँबाट रम्बी केन्द्र विद्यालयमा अध्यनरत् स्कुल पढने विद्यार्थीहरुको अवात-जवातको निम्ति भोलिदेखि नै गाडीको पनि व्यवस्था गरिदिने भएका छन्। आज उपसभापति उत्तम राईले रम्बी, लोहापुल, सुन्तले अनि बिरिकका युवाहरुको उपस्थिति तथा तिनीहरूको सहयोगमा राहत समाग्रीहरू वितरण गरे।

About Author

Advertisement