गेम पासवर्डका लागि एक किशोरको हत्या

IMG-20240721-WA0134

नादिया: नवम् श्रेणीका विद्यार्थी बिहीबार ट्युसनका लागि गएका प्रितम विश्वासको लाश शुक्रबार बिहान खेतमा फेला परेको थियो। यो घटना नादियाको नाकासीपाडा थाना क्षेत्रको हो। उनको घाँटी निशान रहेको भन्दै परिवारले पुलिस थानामा हत्याको आरोप लगाउदै प्राथमिकी दर्ता गरेका छन्। यता, घटनाको अनुसन्धानपछि पुलिसले प्रीतमका दुई साथीलाई पक्राउ गरी सोधपुछ गरेको छ। सोधपुछपछि मात्रै पुलिसले दुवै नाबालिगलाई पक्राउ गरेको थियो। उनीहरु दुवैले प्रीतमको गेमको पासवर्ड मागेका थिए, पासवर्ड नदिँदा उनीहरुले प्रीतमलाई कुटपिट गरेका थिए जसका कारण उनको मृत्यु भएको थियो। घटनास्थलबाट प्रितमको मोबाइल पनि हराएको छ।पुलिसले यसको पनि खोजी गरिरहेको छ।

About Author

Advertisement