गेजिङमा १६४औं गॉंधी जयन्ती पालन गरियो

n5432566321696243761750f44c3f5f64a46a82c572094be2765204823121f86f0ff8bd2e7b6cc671c8c0a5.jpg

गेजिङ: गेजिङ जिल्ला प्रशासनिक केन्द्रले राष्ट्रपिता महात्मा गॉंधीको १४औं जयन्तीमा पालन गऱ्यो। यस अवसर जिल्ला प्रशासनिक केन्द्र परिसरमा स्थापित महात्मा गॉंधीको मूर्तिमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पित गरियो।

गेजिङका एडीसी खेमराज भट्टराईले महात्मा गॉंधीको मूर्तिलाई खादा लगाइदिएर श्रद्धाञ्जलि अर्पित गरे। यसपछि, एसडीएम सन्तोष कुमार आले, विभागीय प्रमुखहरू, अधिकारीहरू र कर्मचारीहरूले पनि राष्ट्रपितालाई श्रद्धाञ्जलि अर्पित गरे।

राष्ट्रले आज महात्मा गॉंधीको १५४औं जयन्ती पालन गरिरहेको छ भने विश्वले विरासत, मूल्य, सिद्धान्त अनि शिक्षाको सम्झाना गरिरहेको छ, जसले लाखौंलाई प्रेरणा प्रदान गरिरहेको छ।

About Author

Advertisement