गृहिणीको रहस्यमय मृत्यु, श्रीमान पक्राउ

IMG-20241210-WA0156-copy

जलपाईगढी: एक गृहिणीको रहस्यमय मृत्युको मामिलामा राजगञ्ज पुलिस स्टेशनले आरोपी पतिलाई पक्राउ गरेको छ। पतिको नाम मोहम्मद इमरान बताइएको छ। उनलाई राजगञ्ज ब्लकको सन्यासिकाटा क्षेत्रबाट पक्राउ गरिएको समाचार छl  सन्यासिकटा ग्राम पञ्चायतको पश्चिम बालाबारी गाउँका मोहम्मद इमरानको विवाह राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको अकरीगाच गाउँकी साहेना बेगमसँग भएको थियो। उनीहरुको चार महिनाको छोरा छ। बिहेपछि ससुराले साहेनालाई पैसाको माग गर्दै मानसिक तथा शारीरिक यातना दिने गरेको आरोप छ। साहेनालाई १३ नोभेम्बरमा विष खुवाइएको आरोप छ। घटनापछि गृहिणीलाई गम्भीर अवस्थामा फुलबारीस्थित निजी अस्पतालमा भर्ना गरिएको थियो। उनको गत आइतबार बिहान निधन भएको बताइएको छ। घटना लगत्तै मृतकका परिवारले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। मृतकका परिवारका तर्फबाट राजगञ्ज पुलिस चौकीमा उजुरी परेको छ। सोही उजुरीका आधारमा राजगञ्ज पुलिस चौकीले श्रीमानलाई पक्राउ गरेको छ। उनलाई आज जलपाईगढी जिल्ला अदालतमा पठाइयो। राजगञ्ज पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement