गुवाहाटीमा १० करोडको हेरोइनसहित तीन जना पक्राउ

3659444-9.webp

गुवाहाटी: पुलिसले गुवाहाटीको बेलटोलाबाट शंकास्पद हेरोइनको ठूलो खेपसहित कम्तीमा तीन जनालाई पक्राउ गरेको छ। स्रोतका अनुसार असम पुलिसको विशेष टास्क फोर्सले विशेष सूचनाको आधारमा रुपकाेनवर रोडमा अपरेशन सञ्चालन गरेको थियो। कारबाहीका क्रममा उनीहरुले तीनजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेका थिए ।पक्राउ पर्नेमा सुमन तालुकदार (३२), औदुलोमी गोयारी (३५) र नेरसिंह बसुमतारी (५७) रहेका छन्। तीनमध्ये तालुकदार तिनसुकिया, गोयारी उदलगुरी र बसुमतारी धेमाजीका बासिन्दा रहेको पुलिसलेले जनाएको छ।उनीहरुको खोजी गर्दा पुलिसलेले करिब एक किलोग्राम तौलको शंकास्पद हेरोइनको ठूलो प्याकेट फेला पारेको थियो। थप अनुसन्धान गर्दा शंकास्पद हेरोइनको मूल्य १० करोड रुपैयाँ रहेको पाइएको छ।

About Author

Advertisement