गुरूङ टुल्कु निमा होइसेर रिम्पोर्छे गुरूदेवको ८१औँ जन्म दिन पालन

1749561719237

सोनादा: सोनादाको नाली चउरस्थित यल्मो गाउँस्थित युर्गेन सानागाग छ्योलिङ बुध्द गुम्बामा परमपुज्य गुरूङ टुल्कु निमा होइसेर रिम्पोर्छे गुरूदेवको ८१औँ जन्म दिन पालन गरिएको छ। यस अवसरमा विभिन्न धार्मिक एवम् आध्यात्मिक कार्यक्रमहरु गर्न विभिन्न सङ्घ-संस्थाका सदस्य-प्रतिनिधिहरू तथा लामा पुरोहितहरू, आनीहरूले आफ्नो उपस्थिति दिँदै गुरूदेवको सुस्वास्थ्य र दीर्घायुको निम्ति प्रार्थना भक्तजनले गरेका थिए।
परमपुज्य गुरूङ टुल्कु निमा होइसेर रिम्पोर्छे गुरूदेवको ८१औँ जन्म दिवस पालन गरिएको विषयमा डम्बर गुरुङले जानकारी गराउँदै सबैमाथि गुरुदेवको आशिर्वाद सदैव बनिरहोस् साथै गुरुदेवको सुस्वास्थ्य र दीर्घायुको लागि प्रार्थना गरिएको पनि जानकारी गराएका छन्।

About Author

Advertisement