गुडविल कप: स्टुडेन्ट वेलफेयर एसोसिएशन कुमारग्राम बनाम ब्रदर्स ११ कालचिनीबीच रोमाञ्चक खेल सम्पन्न

0-3e3ec308-93af-405c-9955-e13d0111f118

कालचिनी: राजाभात स्पोर्टिङ क्लबद्वारा आयोजित गूडविल कपको आइतबारको खेलमा स्टुडेन्ट वेलफेयर एसोसिएशन कुमारग्राम बनाम ब्रदर्स ११ कालचिनीबीच रोमाञ्चक खेल सम्पन्न भयोl म्याचमा दुवै तर्फबाट गोल गर्न नसकेपछि अन्ततः टाइब्रेकमा ६-५ को अन्तरमा ब्रदर्स ११ कालचिनीले स्टुडेन्ट वेलफेयर एसोसिएशन कुमारग्रामलाई पराजित गर्न सक्षम भयो। यस खेलमा म्यान अफ द म्याच ब्रदर्स ११ कालचिनीको खेलाड़ी रमणलाई प्रदान गरियोl भोलि टिस्टा क्लब गजलडोबा बनाम वारियर्स एफसी बागडोगराबीच सम्पन्न हुने जानकारी राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले दिएका छन्।

About Author

Advertisement