गिताङ्गे चियाबारीमा भारतीय भागोप्रमोको सांगठनिक सभा सम्पन्न

IMG-20251231-WA0125

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र गिताङ्गे बुथ कमिटीको संयुक्त आयोजनामा सांगठनिक सभा सम्पन्न भएको छ।‌ उक्त सभाको अध्यक्षता बीके विष्टले गरेका थिए भने सभाको सञ्चालन गिताङ्गे बुथ कमिटीको सभापति पुरण छेत्रीले गरेका थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, गिताङ्गेका पञ्चायत सदस्या जुना छेत्री, ट्रेड युनियनबाट सुमित छेत्री र मणिकुमार विश्वकर्मले सम्बोधन गरेका थिए।‌ सभामा गिताङ्गे बुथ कमिटीको सचिव उदय छेत्रीको निधनमा मौन धारण गर्दै श्रध्दाञ्जली अर्पण गरिएको छ। उनको निधनपछि रिक्त रहेको सचिवको पदमा साजन थापालाई चयन गरिएको छ।‌ त्यसरी नै सभापतिमा पुरण छेत्री, उप सभापतिमा बिजय छेत्री, मणिकुमार विश्वकर्मा, समीर बराईली चयन भएका छन्। सभामा वक्ताहरुले आगामी दिनमा गरिने पार्टीको सांगठनिक गतिविधिहरु अनि विभिन्न विषयहरुमा छलफल गरेका थिए।‌ सभाको निर्णय अनुसार आगामी ४ जनवरीको दिन लोवर गिताङ्गे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा आयोजना गरिने र उक्त सभामा पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा गरिने कार्यक्रमहरु विषयमा छलफल गरिने भएको छ।

त्यसरी नै आगामी ११ जनवरीमा नारी शक्तिका कमिटी गठन गरिने भएको छ। यसको लागि संयोजकहरु चयन गरिएको छ। यसमा जुना छेत्री, साङ्सी तामाङ, गंगा गजमेरलाई संयोजकको रूपमा चयन गरिएको छ।‌ त्यसरी नै गिताङ्गे चियाबारीमा ट्रेड युनियनको पनि कमिटी गठन गरिने भएको छ।

About Author

Advertisement