खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत बुथ नम्बर २६० गिताङ्गेमा चुनावी सभाको साथमा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। गिताङ्गेमा सम्पन्न चुनावी सभा बीके विष्टको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई बुथ कमिटीको सभापति पुरण छेत्री, नारी शक्ति एंव पञ्चायत सदस्या जुना छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यले सम्बोधन गरेका थिए। यसै सभामा गिताङ्गमा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। उक्त कमिटीमा मुख्य संयोजकको रूपमा सानसिप लामा लगायत सह संयोजकहरुसहित 35 जनाको कमिटी गठन गरिएको छ। सभामा हालै निधन भएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन गिताङ्गे चियाबारी युनिटको सभापति सुमित छेत्रीको ज्येष्ठ सुपुत्रलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो। यस चुनावी सभा र बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।










