झापा: लाखौं मानिसको शल्यक्रिया गरि नयाँ जीवन दिने डा. सन्दुक रुईतले गायिका मेनुका पौडेलको आँखाको सफल शल्यक्रिया गरेका छन्। गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ। डा. सन्दुकका अनुसार उनको आँखामा यो राख्दैमा दृष्टि चाहिं फिर्ता नआउने तर चश्मा खोलेर बाहिरबाट हेर्दा उनको आँखा राम्रो देखिने भने छ।









