सिनियर डिभिजन:
- प्रथम: युक्ति छेत्री
- दोस्रो: प्राञ्जल सुन्दास
- तेस्रो: नर्गिश बानो
जुनियर डिभिजन:
- प्रथम: छिजेन लामा
- दोस्रो: सुमी प्रधान
- तेस्रो: ईशा लामा
खरसाङ: ‘यदि हामी दिगो शान्ति सृजना गर्न चाहन्छौं भने यसको शुरुवात हामीले बालबालिकाहरूबाट शुरु गर्नुपर्छ’,-महात्मा गान्धीl आज राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा धरै ठाउँका गाउँ-घरमा सफाई अभियान चलाएर पालन गरियोl यता खरसाङ नगरपालिका क्षेत्रको ७ नम्बर वार्डमा लोवर शेर्पा बस्ती ग्राम सुधार समितिले बालबालिकाहरूका लागि ‘बस अनि चित्र बनाऊ’ प्रतियोगिता आयोजना गरेर महात्मा गान्धीको जन्मजयन्ती पालन गर्योl बालबालिकाहरूलाई माया गर्ने र प्रमुखता दिने महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा आयोजित यस चित्रकला प्रतियोगिताको उद्देश्य बालबालिकाहरूको प्रतिभालाई निखार्न साथै विचारलाई विकसित गराउनु रहेको थियोl चित्रकलाकै माध्यमबाट जल्दोबल्दो वैश्विक समस्या पर्यावरण संरक्षणबारेमा जनजागरण फैलाउने मूल उद्देश्यले आयोजित यस चित्रकला प्रतियोगिताको थीम थियो ‘सेभ इन्भायरोनमेन्ट’l यसमा चित्र बनाउनका लागि एक घण्टा समय दिएको थियोl

समितिका अध्यक्ष यु.एस. बम्जनको अध्यक्षतामा सम्पन्न भएको यस चित्रकला प्रतियोगिताको कार्यक्रममा वरिष्ठ नागरिक एच.एच. बस्नेत मुख्य अतिथि थिएl प्रतियोगिताका निर्णायक मण्डला चित्रकार सुश्री कल्याणी प्रधान र सञ्जय प्रधान थिएl प्रतियोगितामा ३३ जना बाल चित्रकारहरूले भाग लिएका थिएl प्रतियोगिता दुई वर्गमा गरिएको थियो, जसमा कक्षा आठ र नौका लागि सिनियर डिभिजन अनि कक्षा पाँच, छह र सातका लागि जुनियर डिभिजन राखिएको थियोl

सिनियर डिभिजनमा प्रथम युक्ति छेत्री, दोस्रो प्राञ्जल सुन्दास र नर्गिश बानो तेस्रो भइन्l जुनियर डिभिजनमा प्रथम छिजेन लामा, दोस्रो सुमी प्रधान र ईशा लामा तेस्रो भइन्l यी बाल चित्रकारहरूलाई मुख्य अतिथि एच.एस. बस्नेतको बाहुलीबाट मेडल, पुरस्कार र प्रमाणपत्र प्रदान गरियो भने अन्य सहभागी बाल चित्रकारहरूलाई पनि पुरस्कार र प्रमाणपत्र प्रदान गरियोl मुख्य अतिथि एच.एस. बस्नेतले भने, ‘नानीहरूमा लुकेको ज्ञान कसैले लुकाउन सक्दैनl पढाईका साथमा अन्य ज्ञानका कुराहरू बुझाउन आवश्यक छl’ उनले अनावश्यक रुपमा मोबाइल फोन प्रयोग गर्नु नहुने बारेमा बालबालिकाहरूलाई बुझाएl महात्मा गान्धीका बारेमा बताउँदै उनका उपदेशहरूलाई अनुसरण गर्नुपर्ने एच.एस. बस्नेतले बताएl मण्डला चित्रकार सुश्री कल्याणी प्रधानले चित्रकला र यसको व्यापकताबारेमा बालिकाहरूलाई बताइन्l समितिका कोषाध्यक्ष प्रीतम छेत्रीले शुरु गरेका कार्यक्रममा समितिका सचिव किशोर थापा साथै समितिका पदाधिकारीहरू, सदस्यहरू र अभिभावकहरू उपस्थित थिएl











