गान्तोक नगर निगम क्षेत्रमा ट्रेड लाइसेन्स निरीक्षणको विशेष अभियान जारी

insp_833

गान्तोकः ट्रेड लाइसेन्स निरीक्षणको विशेष अभियान अन्तर्गत आज तेस्रो दिन राजधानीको इन्दिरा बाइपास क्षेत्रमा अभियान चलाइयो। गान्तोक नगर निगमका आयुक्त आरबी भण्डारीको अगुवाईमा चलाइएको अभियान अवधि कूल २७ वाणिज्यिक प्रतिष्ठानको निरीक्षण गरियो।

२७ मध्ये आठ दोकानले ट्रेड लाइन्समा अनुमोदित सामग्री अतिरिक्त सामग्री बिक्री गरिरहेको पाइयो। यसरी नै एउटा दोकान वैध ट्रेड लाइसेन्स बिनै सञ्चालन भइरहेको भेटियो। यस्ता दोकानका मालिकहरू विरूद्ध कानून अनुरूप कारबाही गरिएको छ।गान्तोक नगर निगमले निगम क्षेत्राधिकारभित्र पर्ने सबै दोकानहरूको निरीक्षण गर्ने बताएको छ। यसैगरी, उप निगम आयुक्त याङ्गछेन डोल्मा भोटियाको अगुवाईमा पनि लोवर बुर्तुकस्थित हेलिप्याड क्षेत्रमा निरीक्षण गरिएको बताइएको छ। यहॉं १६ वटा दोकानको निरीक्षण गरियो भने दुईवटा दोकान ट्रेड लाइसेन्स बिनै सञ्चालन भएको भेटियो।

-हिस

About Author

Advertisement