गान्तोकमा मारवाड़ी समाजको होली मिलन समारोह सम्पन्न, राज्यपाल र मुख्यमन्त्री विशेष अतिथि

Screenshot_20260304_223108_Facebook

गान्तोक: मारवाड़ी समाज, गान्तोकले आज राजधानीको एमजी मार्गमा भव्य होली मिलन समारोह आयोजना गरेको छ। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष अतिथि रूपमा उपस्थित रहे।
समारोहको शुभारम्भ पारम्परिक विधि-विधान र रङ्गारङ्ग सांस्कृतिक प्रस्तुतिहरूका साथ भएको थियो। लोकभवनले जारी गरेको विज्ञप्ति अनुसार, राज्यपाल माथुरले यस अवसरमा होलीको पर्व सामाजिक सद्भाव, भाइचारा र रङ्गहरूको एकताको प्रतीक रहेको बताए। उनले भने, “यस्ता आयोजनले सिक्किमको बहु-सांस्कृतिक पहिचानलाई अझ सुदृढ़ बनाउँछ।”
कार्यक्रममा मन्त्रीगण, विधायकगण, जन प्रतिनिधि, राज्य सरकारका वरिष्ठ अधिकारीहरू र स्थानीय जन समुदाय पनि सहभागी भएका थिए।
समारोहले सामाजिक सद्भाव र सांस्कृतिक विविधताको महत्वलाई प्रकाश पार्दै सिक्किमको बहु-सांस्कृतिक समाजबीच भाईचाराको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।

About Author

Advertisement