अलिपुरद्वार: अज्ञात गाडीको ठक्करबाट चितुवाको मृत्यु भएको छ। अलिपुरद्वार जिल्लाको बीरपाडा चौपाटी नजिकैको इलाकामा गाडीको ठक्करबाट पूर्ण वयस्क चितुवा मृत फेला परेको थियो भने एशियन हाइवे बीरपारा नजिकैको क्षेत्रमा सडक पार गर्ने क्रममा चितुवालाई गाडीले ठक्कर दिएको हुनसक्ने बताइएको छ। सूचना पाएपछि दलगाउँ रेन्जका अधिकारी र वनकर्मी घटनास्थल पुगेका थिए। वनकर्मीले चितुवाको शव बरामद गरी आफूसँगै लगेका थिए। पुलिसले यस विषयमा सम्पूर्ण अनुसन्धान थालेको छ।










