गाड़ीको प्रदूषण प्रमाणपत्र लिएर नायाँ नियम

0.93915700_1551260983_0.jpg

काेलकाता: अब निजी वाहनको ट्याक्स बाकी रह्यो भने प्रदूषण प्रमाणपत्र पाइनेछैन। परिवहन विभागले बाकी वाहन कर (ट्याक्स) असूलीको निम्ति कठोर दिशा-निर्देश जारी गरेको छ।

नयाँ नियम १ नोभेम्बरदेखि प्रभावी हुनेछ। नयाँ नियम अनुसार, वाहनसित सम्बन्धित कुनैपनि जरिमाना, ई-चालान आदि बाकी राख्न सकिनेछैन। सबैकुरा पूरा भएपछि मात्र प्रदूषण परीक्षा गर्न सकिनेछ।

यस बाहेक धुआँ परीक्षण स्टेशनहरूका लागि पनि धेरै दिशा-निर्देश जारी गरिएको छ। त्यसमा नयाँ सफ्टवेयर इन्स्टल गरिन्दैछ। पहिले धेरै मामिलामा पैसा दिँदा प्रदूषण प्रमाणपत्र पाइनेगर्थ्यो तर अब यसो हुनेछैन। अब वाहनलाई धुआँ परीक्षण स्टेशनमा लैजानु अनिवार्य छ किनभने त्यहाँ प्रदूषण जाँचको प्रक्रियाको भीडियोग्राफी गर्नुपर्छ। फोटो खिचेर ‘व्हीकल’ सफ्टवेयरमा अपलोड गर्नुपर्नेछ। सबैकुरा ठीक रह्यो भने प्रमाणपत्र जारी गरिनेछ।

सूत्रहरू अनुसार, प्रदूषणको स्तर माप्नअघि कार मालिकले बाकी कर जमा गर्नपर्नेछ। यदि कुनै कार प्रदूषण जाँचमा फेल भए उक्त कारको मालिकले पैसा नदिई जाने गर्थ्यो। फलस्वरूप धुआँ जाँच केन्द्र संचालकहरूलाई नोकसान हुनेगर्थ्यो। यसैले उनीहरूले पैसा पाउनका लागि फर्जी प्रमाणपत्र बनाएर दिनु शुरू गरे। यस समस्यादेखि जोगिनका लागि परीक्षणअघि पैसा तिर्नु भनिएको छ।

About Author

Advertisement