गाजायुद्धपछि इजरायलसँगको सम्बन्ध राम्रो बनाउछौँ: साउदी राजदूत खालिद

khalid

गत वर्ष ७ अक्टोबरमा प्यालेस्टाइनी समूह हमासले हमलागरेछि शुरु भएको गाजायुद्ध रोकिने कुनै संकेत नभए पनि युद्ध समाप्त भएपछि समबन्ध राम्रो बनाउने साउदी अरेबियाले जनाएको छ। साउदी अरेबियाले गाजायुद्ध समाप्त भएपछि इजरायलसँग राम्रो सम्बन्ध बनाउन चाहेको साउदी राजदूत खालिद बिन बन्दर अल साउदले बताए। मंगलबार बीबीसीसँगको अन्तर्वार्तामा उनले अहिले दुई देशबीचको सम्बन्धमा केही तनाव रहेको तर इजरायलले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गरेपछि इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउन प्रयास गर्ने बताए। तर, प्यालेस्टाइनी राज्य निर्माणको लागि साउदी अरबको माग रहेको र त्यसमा अडिग रहेको उनको भनाई छ। इंग्ल्याण्डका लागि साउदी राजदूत अल साउदले गाजाको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट प्रतिक्रियाको अभाव रहेको बताए। साथै युद्ध अन्त्य गर्ने र स्ट्रिपमा मानवीय सहायता पठाउने प्रयासहरू अपर्याप्त रहेको पनि बताए।

About Author

Advertisement