गाउँ र समाजको अर्थपूर्ण परिवर्तनका लागि दृढ सङ्कल्प आवश्यक: मुख्यमन्त्री

FB_IMG_1790785480321

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तमाङ (गोले) ले गाउँ, समाज र राष्ट्रमा अर्थपूर्ण परिवर्तन ल्याउन दृढ सङ्कल्प, निरन्तर कडा परिश्रम र करुणा आवश्यक रहेको बताएका छन्। राष्ट्रपिता महात्मा गान्धीको १५७औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको पाँचौँ दिन रिन्चेनपोङ निर्वाचन क्षेत्रको रेसी बजार पुगेर उनले उक्त कुरा बताएका हुन्।
​कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले परिवर्तनको सुरुवात आफ्नै घरदैलोबाट गर्नुपर्नेमा जोड दिए। “हामीले आफ्नो वरपरको वातावरण सफा राख्नुका साथै समुदायमा सद्भाव कायम राख्नुपर्छ र मस्तिष्कलाई घृणा तथा पूर्वाग्रहबाट मुक्त राख्नुपर्छ,” उनले भने।
​२२ वर्षपछि पुनः सो स्थानमा पुग्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले पुराना साथीभाइ र परिचित अनुहारहरूसँग पुनर्मिलन हुने अवसर मिलेको उल्लेख गरे। राज्य सरकारको निरन्तर प्रयासबाट भइरहेका पूर्वाधार निर्माण, सार्वजनिक सेवामा सुधार र नयाँ अवसरहरूको सिर्जनाले सो क्षेत्रमा सकारात्मक विकास र प्रगति देखिएको उनको भनाइ थियो। सरकारको मुख्य ध्यान सबल, जोडिएको र समृद्ध समुदाय निर्माणमा केन्द्रित रहेको मुख्यमन्त्री गोलेले बताए।

About Author

Advertisement