सिलगढी: गाईले भरिएको ट्रकसहित एक जना तस्करीको आरोपमा पक्राउ परेका छन्। सिलगढी महकुमाको फाँसीदेवा क्षेत्रमा भएको यो घटनाले सनसनी मच्चाएको छ। शुक्रबार बिहान मुरलिगाछमा खोजीका क्रममा लरीलाई रोक्न खोज्दा पुलिस देखेर चालक भाग्न खोज्दा पुलिसले ट्रकलाई नियन्त्रणमा लिएको हो। ट्रकबाट २५ वटा गाई बरामद भएको छ। ट्रक चालकसँग गाई सम्बन्धी कुनै पनि वैध कागजात नभएका कारण पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको नाम मोहम्मद खाबीन हुसेन बताइएको छ। उनी उत्तर दिनाजपुरका बासिन्दा हुन्। पुलिस स्रोतका अनुसार बिहारबाट बंगलादेशमा गाई तस्करी भएको थियो। पक्राउ परेका व्यक्तिलाई आज सिलगढी सब डिभिजनल उप-विभागीय अदालतमा पठाइयो।










