ख्येन रिन्पोछेको जन्म दिन मनाउने

8f865b0b-a385-45ce-befd-70780c479346


कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघका अध्यक्ष औं मूल धर्मगुरु परम पुज्यनीय ख्येन रिन्पोछे सांग्ये लोडोको ७३औं जन्म दिन आउँदो २५ मई बिहीबार संघको मुख्य कार्यालय जयगाउँमा मनाईने निश्चित भएको छ। जयगाउँ शाखाद्वारा आयोजित जन्म दिवसको प्रथम सत्रमा रिन्पोछेको दिर्घायु अनि सुस्वास्थ्यको कामना हेतु आयु पाठ र मन्त्र जप गरिनेछ र त्यस पश्चात केक काट्ने कार्यक्रम, शाखा प्रशाखा सदस्यहरूको तर्फबाट कुसुम मण्डल साथै खदार्पण हुनेछ।
कार्यक्रमको अन्त्यमा रिन्पोछेको दिर्घायुको निम्ति छेथार छोग्पा लामा समुहको सहयोगमा छेथार (प्राण दान) माछा तोर्सा नदीमा विसर्जन गरिने संघका महासचिव आचार्य सांग्ये छ्योफेलले जानकारी दिएका छन्। उक्त कार्यक्रममा लामा संघका धर्मगुरुगण, केन्द्रिय समिति सदस्यगण, शाखा प्रशाखाको सदस्यगण अनि रिन्पोछेका सम्पूर्ण भक्तजनहरूलाई हार्दिक निमन्त्रणा संघको पक्षबाट गरिएको छ।

About Author

Advertisement