खोवारडांगा मा भोटर सूचीबाट ४२ जनाको नाम हटाइयो, विरोधमा स्थानीयहरूको सडक जाम

Screenshot_20260401_172828_Facebook

कामाख्यागुड़ी: एसआईआर पछि अन्तिम भोटर सूचीबाट ४२ जनाको नाम हटाइएको छ। यसको विरोधमा कुमारग्राम ब्लकको खोवारडांगा–१ नम्बर ग्राम पञ्चायतको साइन बोर्ड क्षेत्रमा स्थानीयहरूले सडक जाम गरेका छन्।
सडकमा टायर बालेर प्रदर्शन गरिएको थियो। जानकारी अनुसार, खोवारडांगा–१ नम्बर ग्राम पञ्चायतको नारारथली क्षेत्रमा जम्मा ४२ जनाको नाम भोटर सूचीबाट हटाइएको छ। यस विषयलाई लिएर आज स्थानीयहरू आक्रोशित भएका छन्।
जामको खबर पाएपछि कुमारग्राम थाना का आईसी शमीक चट्टोपाध्याय घटनास्थलमा पुगे।
प्रहरीले छलफलपछि जाम हटाएको छ। त्यसपछि अवस्था सामान्य भएको छ। जसका नाम भोटर सूचीबाट हटाइएको छ, उनीहरूलाई ट्राइब्युनलमा आवेदन दिन प्रहरीको तर्फबाट भनिएको छ।

About Author

Advertisement