खोलियो रेल कोच रेस्टुरेन्ट!!!

CollageMaker_202322722282476.jpg

सिलगढी: एनजेपी रेलवे स्टेशनपछि अब सिलगढी जक्शन रेलवे स्टेशनमा कोच रेस्टुरेन्ट खोलिएको छ। यहाँ तपाईं खाना खान गए रेस्टुरेन्ट रेलवे स्टेशनको रियलिस्टिक लुक हेर्न पाउनेछ। यस्तो आभास हुनेछ कि तपाईंले कुनै प्लेटफार्ममै उभिएर ट्रेनमा स्वादिष्ट तथा हाइजेनिक भोजनको आनन्द उठाइरहेको छ। यसको साथै रेस्टुरेन्टको इन्टिरियर डिजाइनिङ पनि शाही होटल हुनेछ। आज यस कोच रेस्टुरेन्टको उद्घाटन गरियो। यो कोच रेस्टुरेन्ट बनाउन लगभग ३५ लाख रुपए खर्च गरिएको छ। यसभन्दा अघि पनि एनजेपी रेलवे स्टेशन बाहिर यस्तै प्रकारको कोच रेस्टुरेन्टको उद्घाटन गरिएको थियो भने आज दोस्रो कोच रेस्टुरेन्टको उद्घाटन गरिएको हो।

About Author

Advertisement