खेलप्रेमी, सामाजिक व्यक्तित्व डिके गुरुङको निधन

IMG-20241012-WA0033

झापा (बिर्तामोड़ ): झापा बिर्तामोडका खेलप्रेमी एवं सामाजिक व्यक्तित्व डिके (धनकुमार गुरुङ)को आज बिहान निधन भएको छ। बिर्तामोड १ चारपाने निवासी गुरुङको ६७ वर्षको उमेरमा आज बिहान ३ बजे निजी निवासमा निधन भएको हो। पूर्व भारतीय सेना उनी प्रेसर , सुगरलगायतका समस्याबाट पीडित थिए। उनी सुकृति स्र्पोटिङ क्लब बिर्तामोडका अध्यक्ष हुन्। यसैगरी, गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगरका पूर्व अध्यक्ष हुन्। डिके गुरुङ मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङका काइला दाजु हुन्।

About Author

Advertisement