खेलकुद महासंघ र अनेरास्ववियुले उर्लाबारीमा संविधान दिवस मनाए

IMG-20240920-WA0017

भद्रपुर: संबिधान दिवसको अवसरमा हिजो साँझ उर्लाबारी चौकमा दिप प्रज्वलन गरिएको छ।
नेकपा एकीकृत मालेको भातृ संगठन नेपाल खेलकुद महासंघ उर्लाबारी नगर कमिटी र अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटीको संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरेको हो। नेकपा एकीकृत माले कोशी प्रदेश कमिटी सदस्य एवं उर्लाबारी इन्चार्ज भिष्मा रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एकीकृत माले कोशी प्रदेश कमिटी सदस्य योगेश बस्नेत, ज्योति चौहान, जिल्ला कमिटी सदस्य मनोरथ भण्डारी, नगर कमिटी उपाध्यक्ष कुमार लिम्बु, २ नम्बर वडा कमिटी अध्यक्ष इन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष नितेश तिम्सिनाको स्वागत मन्तव्य रहेको थियो । उक्त कार्यक्रममा नेपाल खेलकुद महासंघ उर्लाबारी नगर सचिब महेश भण्डारी ( सक्षम) ले सञ्चालन गरेका थिए। कार्यक्रम खेलकुद महासङ्घ नगर कमिटी अध्यक्ष विशाल गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

About Author

Advertisement