खिताबको खड़ेरी समाप्त गर्दै सुमित नागल च्याम्पियन

IMG-20260628-WA0109

नयाँ दिल्ली: भारतका टेनिस खेलाड़ी सुमित नागलले रोमानियाको टार्ग मुरेसमा आयोजित इण्टारो ओपन क्ले कोर्ट टुर्नामेण्टको खिताब जिते। उनले फाइनलमा फ्रान्सका क्वालीफायर फेलिक्स बालशालाई ६-३, ७-५-ले पराजित गरी २ सालपछि आफ्नो पहिलो एटीपी च्यालेञ्जर ट्रफी जिते। यसअघि उनले जून २०२४-मा जर्मनीमा हेलब्रन च्यालेञ्जरको खिताब जितेका थिए। यस २८ वर्षीय भारतीय खेलाड़ीको यो समग्रमा सातौं एटीपी च्यालेञ्जर एकल खिताब अनि क्ले कोर्टमा पाँचौं ट्रफी हो। रोमानियामा खिताब जितेपछि उनलाई ७५ एटीपी रेटिंग अंक हासिल भयो। अब नयाँ ऱ्याङकिंग जारी भएपछि उनको ऱ्याङकिंगमा सुधार हुने प्रबल सम्भावना छ। च्याम्पियनको रूपमा उनले १५,५१० यूरोको पुरस्कार राशि पनि झोलीमा हाले।

About Author

Advertisement