खामदोङमा निःशुल्क स्वास्थ्य शिविर

IMG-20240922-WA0318

गान्तोक: क्षेत्र विधायक तथा सिक्किम सरकारका सड़क एवं पुल मन्त्री एनबी दाहालको विशेष पहल अनि लायन्स क्लब गान्तोकसितको सहकार्यमा हिजो र आज पूर्व सिक्किमको खामदोस्थित सोनामती सरकारी वरिष्ठ माध्यामिक विद्यालय निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो। यस दुइ दिन अवधि खामदोङ वरपर क्षेत्रका १५ सय जति बिरामीहरूले स्वास्थ्य जाँच गराए भने निःशुल्क औषधी पनि प्रदान गरियो। शिविरमा विभिन्न रोगका विशेषज्ञहरू चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। यसको साथै क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान, गान्तोकका प्रतिनिधिहरूले पनि शिविरमा भाग लिएका थिए। आज अन्तिम दिनको शिविरमा छोटो सम्बोधन राख्दै मन्त्री दाहालले यो निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुको उद्देश्य स्थानीयवासीहरूमा सुस्वास्थ्यबारे सचेतना जगाउनु रहेको बताए।

About Author

Advertisement