खरसाङ: खरसाङ स्कूल अफ् म्युजिकले आफ्नो विद्यार्थीहरूलाई लिएर खरसाङको दुःख निवारक सम्मेलन भवनमा एउटा सांस्कृतिक गोष्ठी (म्युजिकल कन्सर्ट) को आयोजना गऱ्यो। ट्रिनिटी म्युजिक अफ् लण्डनद्वारा मान्यताप्राप्त यस म्युजिक स्कूलले प्यानो, गिटार, ड्रम र भायोलिनमा विद्यार्थीहरूलाई शिक्षा दिइरहेको छ। कार्यक्रमको प्रारम्भमा यस स्कूलका प्राचार्य हेम मुखियाले स्वागत सम्बोधन राखेपछि सबैभन्दा पहिला प्यानोको विद्यार्थीहरूले क्रमैले अनुसार प्रस्तुति दिएका थिए।

यस कार्यक्रममा खरसाङको अति पुरानो ब्याड फ्रेन्डस्को सदस्य सोमी मुखर्जी विशेष अतिथिको रूपमा उपस्थित रहेको यस कार्यक्रममा गिटार र ड्रममा पनि विद्यार्थीहरूले प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले विभिन्न अंग्रेजी गीतहरूसँगै नेपाली पप गीतहरू पनि प्रस्तुत गरेका थिए। यसै गरी खरसाङ स्कूल अफ् म्युजिकका शिक्षकगणले पनि आफ्नो प्रस्तुति दिएका थिए।











