खरसाङ: खरसाङ फुटबल एसोसिएशनद्वारा खरसाङको गोथल्स स्कूलको खेल मैदानमा भईरहेको खरसाङ सुपर लीग २०२६ को आज भएको `बी´ डिभिजनको दुईवटा म्याच सम्पन्न भएको छ। पहिलो म्याच अली बक्स एफसी अनि सिमानाटार एनकेएसमाझ सम्पन्न भएको छ। यस म्याचमा अली बक्स एससीले जम्मा १६ गोल गरेका छन्। यसमा नर्बु लामा ५, सन्जय राउत ३,आकश सुब्बा २, अर्पन राई २, आदित्री राई २, सोहित राई १ अनि आत्मा घाती १ गोल गरे भने सिमानाटार एनकेएसको उत्कृष्ट खेलाडीको रूपमा अली बक्स एफसीका अभिषेक गुरुङलाई केएफए कोषाध्यक्ष नन्दन प्रधानद्वारा प्रदान गरियो। दोस्रो म्याचमा वाईजीएफसी अनि जेआर ३२ एफएमाझ खेलियो। जसमा वाईजीएफसी ले १३(अन्कित तामाङ्ग ३, एरोन तामङ्ग ३, अभय नाजेसिया ३, वाङछु तामाङ १, आदर्श तामाङ्ग १, प्र्ज्जवल राई १, आदर्श तामङ्ग १ गोल गरे)। अर्कोतिर जेआर ३२ ले कुनै गोल गर्न सकेनन्।

यस म्याचको उत्कृष्ट खेलाडीको रुपमा वाईजीएफसीका वाङ्गचु तामाङलाई केएफएको टेक्निकल सदस्य रोशन गुरुङको बाहुलीबाट प्रदान गरियो।





