खरसाङ: खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङको गोथल्स स्कूलको खेल मैदानमा आयोजना भईरहेको खरसाङ सुपर लिग २०२६ को तेस्रो संस्करणको शनिवार बी डिभिजनको दुईवटा खेल सम्पन्न भएको छ।
पहिलो खेल एसएस स्पोर्टिङ तीनधारे अनि सिमानाटार एनएसके क्लबमाझ खेलियो। यसमा एसएस स्पोर्टिङ तीनधारे ५ गोल गर्न सफल भएको छ जसमा
मध्यान सुब्बा २, सङ्गम १ क्रीस, १, किरन १ गोल गरेका थिए।
त्यसरी नै सिमानाटार एनएसके क्लबले कुनै गोल गर्न सकेन।
खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट एसएस स्पोर्टिङ तीनधारेका मध्यान सुब्बालाई पूर्व खेलाडी केएफए टेक्निकल कोअर्डिनेटर ईन्द्र प्रकाश लामा द्वारा प्रदान गरियो।
दोस्रो खेलमा युनाइटेड डुमाराम एफसी अनि जेआर ३२ एफएमाझ खेलिएको छ। यस खेलमा युनाइटेड डुमाराम एफसीले ३ गोल गरेका छन् जसमा आयुष राई २, विवेक राईले १ गोल गरेका थिए।
जेआर ३२ एफएले पनि ३ गोल गरेका थिए जसमा सबिन लिम्बु २, अनिकेत छेत्री १ गोल गरेका थिए। खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट जेआर ३२ एफएका सबिन लिम्बुलाई ईन्द्र प्रकाश लामाद्वारा प्रदान गरियो। खेल सञ्चालन हिल रेफेरिस एसोसिएसनका मुख्य रेफरीहरु नितेश देवान थिए भने सहायक रेफेरीहरुमा सौरभ शंकर अनि केवन राई थिए भने फोर्थ अफिसियल सञ्जय थापा रहेका थिए।









