खरसाङ: खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको खरसाङ महकुमा अन्तर्गत अन्तर कार्यालय फुटबल टुर्नामेन्टको चौथो दिन दुईवटा खेल सम्पन्न भएको छ। पहिलो खेलमा स्याटेलाइट जु डाउहिलले एसडीओ कार्यालाई २ गोलको विरुद्ध ६ गोलले पराजित गरेको छ। त्यसरी नै दोस्रो खेलमा एस हिमाली बोर्डिङ स्कूलले फायर ब्रिगेडलाई १ गोलको विरुध्द ४ गोल गरेर परास्त गरेको छ।
पराजित दलहरुलाई स्मृति चिन्ह पनि प्रदान गरियो। आजको खेलमा निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रमोद प्रधान अनि दावा डोमा, सहायकहरु दिव्यश्री गुरुङ अनि प्रशान्त राई, फोर्थ अफिसियलमा सञ्जय थापा थिए भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी गराएका छन्।










