खरसाङ बजार क्षेत्रभित्रका विभिन्न समुदायका प्रतिनिधिहरूसंग भागोप्रमोको सभा

IMG-20260306-WA0074

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटिको पहलमा खरसाङ बजार क्षेत्रभित्रका विभिन्न समुदायका प्रतिनिधिहरूसंग एक सभा सम्पन्न भएको छ। सभालाई टाउन कमिटीको मूल सचिव बीरबल पाखरीनले सञ्चालन गरेका थिए। सभामा मुस्लिम समुदाय, हकर्स युनियन, यल्मो एसोसिएशन, भोटिया एसोसिएशन, हरिजन कल्याण समिति, बिहारी समाज, शेर्पा समुदायको प्रतिनिधिहरू लगायत टाउन कमिटी उपाध्यक्ष सञ्जय मुखिया, सह-प्रचार प्रसार सचिव रबि तोलाङी अनि अन्यहरु उपस्थित थिए। सभालाई महकुमा युवा शक्ति सभापति प्रेमेन्द्र गुरूङ, सभासद श्याम शेर्पा, नारी शक्ति सभापति तथा नगरपालिका क्षेत्र चुनाव प्रभारी सबिता कार्की, टाउन युवा शक्ति सभापति बन्दन लामा, नारी शक्ति सचिवा जैतुन निशा खातुन र केन्द्रिय समिति सदस्य तथा महकुमा चुनाव प्रभारी समिरदिप ब्लोनले सभालाई सम्बोधन गरेका थिए। वक्ताहरूले आगामी चुनावमा सम्पूर्ण समुदायको सदस्यहरूले भागोप्रमोको उम्मेद्वारलाई भोट हालेर अनित थापाको हात बलियों बनाउने अपील गरेको जानकारी प्राप्त भएको छ।सभामा सर्वसम्मत्तिद्वारा लिएको निर्णय अनुसार आगामी दिनमा सम्पूर्ण समुदाय मिलेर एक वृहत सभा गरिने निर्णय लिएको जानकारी प्राप्त भएको छ। यस सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै नारी शक्ति खरसाङ महकुमा समितिको सभापति एवं नगरपालिका क्षेत्रकी चुनाव प्रभारी सबिता कार्की र भागोप्रमो खरसाङ टाउन कमिटीको मूल सचिव बीरबल पाख्रिनले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement