खरसाङ निवासी विवेक राईद्वारा निर्देशित लघु फिल्म ‘शान्ति’ लाई सर्बियामा रजत पुरस्कार प्राप्त

IMG-20240130-WA0196.jpg

खरसाङ: खरसाङ निवासी विवेक राईद्वारा निर्देशित लघु फिल्म ‘शान्ति’ ले सर्बियामा सम्पन्न कुस्टेन्डर्फ फिल्म एण्ड म्युजिक फेस्टिभलमा रजत पुरस्कार प्राप्त गरेको छ।
स्वर्ण पुरस्कार रसियन फिल्म भाइलेट कन्ट्रीले प्राप्त गऱ्यो। लघु चलचित्र शान्तिका निर्देशक विवेक राई खरसाङको कट्लेरी निवासी हुन्। पछिल्लो समय लघु चलचित्र निर्देशनमा उनले चर्चा कमाइरहेका छन्। उनी निर्देशित लघु चलचित्र डेड सर्टिफिकेट पनि खुबै राम्रो बनेको छ। खरसाङकी कथाकार छिमी ओङ्मु लामाको कथामा आधारित फिल्म शान्तिमा प्रमुख भूमिकामा शान्तिला सिङ्गर तामाङ रहेकी छन्।

कुस्टेन्डर्फ फिल्म एण्ड म्युजिक फेस्टिभलमा भारत लगायत अस्ट्रिया, फिनल्याण्ड, ग्रीस, पोल्यान्ड, स्वीडेन, जर्मनी, फ्रान्स, रसिया, अमेरिका, इजिप्ट, मेक्सिको, उज्बेकिस्तान, नर्थ मेसिडोनिया, चेक रिपब्लिक क्रोएसिया र सर्बिया आदि देशका १७ वटा फिल्म मनोनीत भएका थिए। यो फिल्म एण्ड म्युजिक फेस्टिभल सर्बियाको ड्रेभनग्राड २३ देखि २७ जनवरीसम्म चलेको थियो।

About Author

Advertisement