खरसाङ नगरपालिकाको वार्ड नम्बर २ टेकबीर बस्तीमा भागोप्रमोको युवा शक्तिको प्रशाखा कमिटीसित सभा सम्पन्न

IMG-20250915-WA0146

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे अध्यक्ष अनित थापाको नेतृत्त्वलाई समर्थन गरेर वार्ड नम्बर २ टेकवीर बस्ती प्रशाखालाई सञ्चालन गर्दै आई रहेका यूवा शक्तिले प्रशखा अझैं सुदृढ अनि सुधार गर्न हेतु टेकबीर बस्तीका युवा टोली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनकोे अगुवाई अनि प्रशाखाका सभापति प्रशान्त गुरुङकाे नेतृत्वमा खरसाङकोे महकुमा पार्टी कार्यालयमा उपस्थित भई भेटघाट गरे। यस सभा टाउन कमिटीका अध्यक्ष राजु शर्माको अध्यक्षता भएको थियो भने सभाकोे सञ्चालन टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले गरेक थिए। उनले सर्वप्रथम उपस्थित टाउन कमिटी युवा शक्ति अनि प्यारेन्ट्स बडीका नेतृत्वगणसँग परिचय गराए साथै टेकबीर बस्ती प्रशाखाका युवा टोलीलाई खदा लगाएर यसरी अग्रसर भएर सङ्गठनलाई अझै सुदृढ बनाउनकोे निम्ति अघि आई दिएकोमा धन्यवाद दिन्दै स्वागत गरे। सभामा वक्तव्य राख्ने क्रममा क्रमशः टाउन कमिटी युवा शक्तिका सचिव सागर थापा, युवा शक्ति कार्यवाहक अध्यक्ष बन्धन लामाले युवा शक्तिलाई सांगठनिक सुझावकोे साथमा संबोधन गरेका थिए भने प्रशाखा युवा शक्तिका सभापति प्रशान्त गुरुङले पनि उपस्थित युवाहरूको तर्फबाट आफ्नो सांगठनिक विचारसंगै सम्बाेधन गरे। सभाको सभाध्यक्ष राजु शर्माले उपस्थित युवाहरुलाई सुझाव पूर्ण सम्भाषणसंगै सभा समापनकोे घोषणा गरे। यस भेटघाट रहेको सभामा टाउन कमिटी प्यारेन्ट्स बडीका सांगठनिक सचिव द्वे रञ्जन गजमेर, मैत्र सेन शर्मा, कार्यकारीणी सदस्य रमोद गुरुङ्ग, विकास तामाङ, विशन तामाङ, पावन राई, अनुप गुरुङसंगै प्रशाखा कमिटीका सचिव सत्यम छेत्री, उपाध्यक्ष रोहन लेप्चासंगै अन्य प्रशाखाका‌ पदाधिकारीहरु उपस्थित थिए।

About Author

Advertisement